अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,फागुन ११ गते।
लागु औषध खैरो हिरोइन बेचबिखन र सेवनमा संलग्न पाँच जनालाइ प्रहरीले धनगढी बसपार्कको एउटा होटेलबाट प्रकाउ गरेको छ । ३ ग्राम ४१० मिलिग्राम खैरो हिरोईन सहित अछाम होटेलका सञ्चालक बिजय साउद र धनगढी उपमहानगरपालिका वडा नं.–२ बस्ने सुनिल कुँवर लाइ पक्राउ गरीएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।त्यस्तै सोहि ठाउँवाट १५० मिलीग्राम खैरो हिरोइन सहित पाँचजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानरपालीका–२ बस्ने रोसन सिंह, करन देउवा र सुबास हमाल रहेका छन ।लामो समयको निगरानि पछी बिषेश सुचनाका आधारमा अछाम होटेल बाट पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।