अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,फागुन ११ गते।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुई वटा यात्रु बस आइतबार विहान ९:३० बजे दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका छन् ।मुग्लिनबाट दमौलीजाँदै गरेको ना ५ ख २८५६ र विपरित दिशाबाट जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।घाइते मध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा पठाइएको उनले बताए ।ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।