१४ वर्षअघिको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोसी ठहर भएका एक व्यक्ति पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन ११ गते।

सामूहिक बलात्कार प्रकरणमा अदालतबाट१४ वर्षअघिको दोसी ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका– १० का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका हुन् । विश्वकर्मासहित पथरीशनिश्चरे–१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए ।पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए ।उनीहरूविरुद्ध पुनरावेदन अदालत विराटनगरले १० वैशाख २०७१ मा जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।२४ पुस २०६९ मा जिल्ला अदालत मोरङले भने सफाइ दिएको थियो ।जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जनाविरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरू पक्राउ भने परेका थिएनन् ।विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार छन् ।पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *