भारतको नियन्त्रणमा रहेको कश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,फागुन ११ गते।

भारतको नियन्त्रणमा रहेको कश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *