सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन १२ गते।

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । साँझ ७:२५ बजे सुरु भएको आगलागी ७:५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन ।प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । ‘आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुग्यो ।विद्युत् सर्ट भएर आगलागी भएको हो कि भन्ने शंका थियो । तर, घटनास्थलमा विद्युत्को तार भेटिएन । जलेको डस्टबिन भने प्यासेजमा थियो । डस्टबिनभित्र चुरोटका ठुटा प्रशस्तै भेटिए । त्यसो हुँदा ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेको थियो । तर, आगो नफैलिएका कारण दमकलको पानी प्रयोग भएन । प्रहरीले बाल्टिनकै पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *