पोखराको फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेलको शव फेला

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता,फाल्गुन १३ गते।

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेलको शव तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट  निकालिएको छ। गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका तालिम प्राप्त गोताखर  दिर्घ नारायण पौडेल र  दिपेन्द्र विष्टको टोलीले तालमा घोप्टो परेर गढेर रहेको लुइँटेलको शव निकालेको हो ।

सोमबार दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा खपौदी क्षेत्रबाट  काठमाडौंको एक टोली सिंगल डुंगा लिएर हिँडेको थियो । डुंगा पल्टिदा डुंगामा सवार ३ मध्ये १ जना बेपत्ता भएका थिए ।

उक्त डुङ्गामा सवार काठमाण्डौ कपन बस्ने  २७ बर्षीय  सुविन चालिसे र  २८ बर्षीय रुपेश अधिकारीको हिजो सोमबार   नै  शकुसल उद्दार गरिएको थियो ।पोखरा घुम्न आएका उनीहरूले आफैं डुंगा चलाएर फेवाताल घुम्न गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *