सुन्दरहरैचाबाट ब्राउन सुगर सहित चार जना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन १४ गते।

ईलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित सुन्दरहरैचाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा सुन्दरहरैचा ५ हेदाम्बे टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरि बस्ने नरबहादुर दर्जीको कोठा खोजतलासी गर्दा ब्राउन सुगर सहित सुन्दरहरैचा ५ बस्ने वर्ष ३० का नरबहादुर दर्जी ,सुन्दरहरैचा ५ बस्ने वर्ष २५ का आशिष ढकाललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।त्यसैगरी सुन्दरहरैचा ५ बस्ने वर्ष २३ का रुपेश बस्नेत र केराबारी ६ बस्ने वर्ष २० का आशिष मगरलाई प्रहरीले पक्राउ मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताउनुभयो । उनले पक्राउ परेका व्यक्तीहरुलाई म्याद थप गरि थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *