घुर ताप्ने क्रममा आगोमा जलेर पर्साको ५० वर्षीया सायरा खातुनको मृत्यु

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,फागुन १५ गते।

घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका-५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको मृत्यु भएको छ ।जलेर गम्भीर घाइते भएकी सायराको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार राति साढे १० बजेतिर मृत्यु भएको हो ।पैसा नभएकै कारण फागुन ४ गते बिहान आगोले जलेर घाइते भएकी सायराको उपचारमा समस्या भएको थियो । स्थानीय सामाजिक कार्यकर्ताले गाउँपालिकामार्फत एम्बुलेन्सको व्यवस्था गरेपछि नारायणीमा उपचारका लागि ल्याइएको थियो ।नारायणीमा अभ्यासका लागि गएका हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्समा एचए अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट पैसा जोगाएर उपचारमा सहयोग गरेका थिए ।पछि वीरगञ्जमा सामाजिक अभियन्ताहरुले उनको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चालित अभियानबाट रकम संकलन हुन थालेपछि उनलाई थप उपचारका लागि फागुन ६ गते कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।अभियानमार्फत ७१ हजार ५ सय संकलन भएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *