अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदादाता,फागुन १८ गते।
गैंडाकोटस्थित गहना पसलबाट गएराति ७० तोला सुन र ८ लाख नगद चोरी भएको छ ।गैडाकोटको कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट चोरी भएको पसलका संचालक उमेश गहतराजले बताए । आइतबार बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको थियो । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभी र बजारको सिसीटिभी फुटेजको निगरानीबाट गरिरहेको थापाले जानकारी दिए ।