बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते

अनलाईन न्युजपाटी,बैतडी,समाचारदादाता,फागुन २१ गते।

बैतडीमा बस दुर्घटना हुदा ५ जना घाइते भएका छन् । जिल्लाको महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका ५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ बर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ बर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० बर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल घाइते भएका हुन् ।घाइतेहरु लाई उपचारका लागि बैतडी र दार्चुला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शंकर दत्त भट्टको टोलीले घाइतेहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । बसमा रहेका अन्य ३५ जनाको अवस्था भने सामान्य रहेको उनले बताए । महेन्द्रनगर देखि गन्ना जादै गरेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा नालीमा पल्टिएको हो । बस चालक दिपक बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *