पूर्व गाविस सचिवले नक्कली नागरिकता बनाउदै गर्दा अख्तियारले समात्यो

अनलाईन न्युजपाटी, वीरगंज,फाल्गुन २६ गते।

पर्सामा नक्कली नागरिकता बनाउने पूर्व गा.वि.स सचिव पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा पर्सा बहुदरमाई नगरपालिका ७ का ६० वर्षीय बिन्दाप्रसाद साहलाई नेपाली नागरिकता, नागरिकता बनाउन प्रयोग हुने अनुसुचीका फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित, नेपाल टेलिकम र एनसेलका सिमकर्डहरु सहित पक्राउ गरेको हो। उनले अधिक रकम लिई नक्कली नेपाली नागरिकता, जन्म र मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु बनाईदिने गरेको अख्तियारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *