श्रीमतीको हत्या आरोपमा दक्षिणकालीबाट एक युवक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन २९ गते।

काठमाडौंको दक्षिणकालीबाट श्रीमतीको हत्या आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका–३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका–२ मा बस्दै आइरहेका थिए ।नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।हत्यापछि झाडीमा शव फालेका उनले पछि पुनः कोठामै ल्याएर राखेको प्रहरी भनाइ छ ।श्रीमती हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *