अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,फागुन २९ गते।
कैलालीको हसुलियाबाट बिरामी बोकेर धनगढी आउदै गरेको एम्बुलेन्स गए राती दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।राती करिब १० बजे कैलाली गाउँपालीका–४ बस्ने ३६ वर्षिया ज्योली चौधरी लाइ उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याउँदै गरेको बा २ झ १७२९ नम्बरको एम्बुलेन्स राती डिपो बजार पिपल चौतारि नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परी बिरामीका ससुरा ५४ बर्षिय जवा चौधरी र सासु ४५ बर्षिया बिष्मती चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।दुर्घटनामा बिरामी र चालक लाइ भने कुनै चोटपटक नलागेको उनले बताए । प्रहरीका अनुसार तिब्र गतिमा आइरहेको एम्बुलेन्सले गाइलाइ बचाउन खोज्दा उक्त दुर्घटना भएको हो । एम्बुलेन्सको ठक्करबाट गाइ घटनास्थलमै मरेको छ ।