वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत १ गते।

वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ । प्राध्यापक भण्डारी ८५ वर्षका थिए । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको अस्पतालका निर्देशक अनिल ओड्युभिलले अनलाईन न्युजपाटीलाई जानकारी दिए। निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिबार बिहान ११:४५ मा निधन भएको अस्पतालले जानकारी दिएको छ।भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए। उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन्। साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *