डोटीमा जीप दुर्घटना

अनलाईन न्युजपाटी,डोटी,समाचारदादाता,चैत २ गते।

 दिपायलबाट आदर्श गाउँपालिका ६ गिरिचौकाको लागि छुटेको जीप दुर्घटना भएको हो । से १ ज ३०३८ जीप दुर्घटना भएको मौवा इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।आदर्श गाउँपालिकाको वडा नम्बर २ बासलामोडमा यात्रु ओराल्दै गर्दा रोकिएको जीप एक्कासि आफै पछाडि गई सडकबाट करिब १५ मिटर तल खसेको सोहि जीपमा सवार तपेस विकले बताए ।उक्त दुर्घटनामा परी सामान्य घाइते भएका गिरिचौकाका रामबहादुर अधिकारी मौवा स्वास्थ्य चौकिमा उपचार गरी घर फर्केका मौवा इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।गाडि चालक तथा साहु करन रैकाल लगायत करिव १२ जना यात्रु रहेकोमा सबै सकुसल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *