वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ४ गते।

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका ३८ वर्षी शिव कुमार घर्ती मगर छन् ।उनले दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै विभिन्न ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ उठाएका थिए ।लामो समयसम्म पनि भिसा नलागेपछि रकम बुझाएका युवाहरुले आफूहरु ठगिएको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए । पीडित युवाहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *