१८ वर्षअघि आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ४ गते।

१८ वर्षअघि आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका ६, रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रणबहादुर थापा छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।अंशसम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साइली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँटी थिचेर हत्या गरी घटनापछि फरार थिए । थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *