अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, चैत्र १४ गते।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरको मुटुमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको स्रोतले बतायो । । फागुन २१ गते उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।