अनलाईन न्युजपाटी विराटनगर, समाचारदाता ,चैत्र १४ गते।
विश्वभर अहिलेसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघिसकेको छ । कोरोना भाइरसको त्रास यती खेर सहर बजारदेखि गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण सबै क्षेत्र सुनसान बन्दै गएको छ । भारतीय सिमा नजिक भएको भएर विराटनगर महानगरपालिकामा पनि कोरोना भाइरसको त्रास बढिरहेको छ । भारतीय सिमाको कारण विराटनगरमा भारतबाट आएका धेरै व्यक्ति रहेको भन्ने शंकाका कारण विराटनगरका बासिन्दामा त्रास उत्पन्न भएको हो । वैदेशिक रोजगार गएर आएका केहि व्यक्ति सेल्फ क्वारेन्टाइन वा सरकारले घोषणा गरेको क्वारेन्टाइनमा नबसेको कारण त्रास उत्पन्न बनेको हो ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको अनुसार विराटनगरमा पनि विभिन्न देशबाट नेपाल आएकाहरूको तथ्यांक सङ्कलन गर्ने काम सुरु गरिएको छ । भारत सहित विदेशबाट आएका व्यक्तिको बिवरण तयार परेर उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने काम शुक्रबारबाट सुरु हुने मेयर पराजुलीले जानकारी दिए ।कोरोना भाइरस निकै चाडो फैलने हुनाले त्यस्ता व्यक्तिले सावधानी नअपनाए कोरोनाको संक्रमण फैलन सक्ने हुदा उक्त कुरामा सम्पूर्ण नगरबासीलाई सचेत हुन पनि उनले आग्रह गरे ।