अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,चैत १६ गते।
कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार द्धारा जारी गरिएको लक डाउनको समयमा मिति २०७६।१२।१५ गते जि.प्र.का. धनुषाबाट जनकपुर स्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले प्रादेशिक अस्पताल जनकपुर स्थित बजरंग जेनरल स्टोरमा माक्स प्रति पिस रू. ७५० र गल्वस प्रति पोका रू. ५०० मा बेचि रहेको अवस्थामा जिल्ला धनुषा जनकपुरधामउप-महानगरपालिका वडा नं-४ वस्ने वर्ष ३६ को राजेश कुमार झालाई माक्स र गल्वस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।