अनलाईन न्युजपाटी,बिरगंज ,समाचारदाता,चैत २० गते।
एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल द्वारा आज बीरगंज महानगरपालिका बड़ा न.१४ पिपरामा १५०० सय जनालाई माक्स र साबुन बितरण भएको छ।करोना महामारी रोक्नको लागी सामग्री संगै आम नागरिक लाई सचेत रहनको लागी सजग गराइएको थियो।एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटलका प्रबन्ध निर्देशक रामप्रबेश प्रसादको सक्रियतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी,बड़ा अध्यक्ष भरत राउत कुर्मी,युवा उधोगी रामअसीस पटेल,रामबाबु प्रसाद, अधिवक्ता रामेश्वर प्राद साह,स्थानीय अगुवाहरु कृष्ण प्रसाद कुर्मी, संजय साह,पुरषोतम पटेल,शिवशंकर आर्य,बिशेसस्वर पटेल,राजपाका युवानेता बिष्णु पटेल सहित अस्पतालका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो।बिभिन्न समयमा अस्पतालले सामाजिक कार्य गर्दै आएको छ।