सिरहामा एक पक्की घरमा आगलागी हुँदा लाँखौ मुल्य बराबरको समान जलेर नष्ट

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,चैत २२ गते।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा एक पक्की घरमा आगलागी हुँदा लाँखौ मुल्य बराबरको समान जलेर नस्ट भएको छ । कल्याणपुर नगरपालिका वडा नं. ११ का स्थानीय नेकपाका नेता बासुदेव ठाकुरको घरमा गएराति आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रहेको भैँसी र गोरु जलेर घाइते भएको हो । साथै घरभित्रै रहेको स ४ प ४४२५ नम्बरको हिरोहोण्डा कम्पनिको सुपर स्प्लेन्डर मोटरसाइकल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक  सन्तुलाल प्रसाद जैसवारले जनाएको छ ।आगलागी हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिएका थिए । पक्की घर भएकाले थप क्षति हुनबाट जोगिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जैसवारले बताए । डिएसपी जैसवारले भने आगलगी घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *