कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत २५ गते।

सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले ७ माघमै सूचना निकालेर कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने जनाएको थियो।

यसअघि सरकारले कोरोना संक्रमण फैलिने डरको कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो। बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विषम स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको जानकारी दिएका छन्। 

अवस्था सामान्य भइसकेपछि परीक्षा सञ्चालनको लागि नयाँ सूचना जारी गरिने बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *