अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,चैत २५ गते।
कृष्ण यादव,
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भगवान हनुमान जी जन्म उत्सव घर घरमा मनाऊ अनूरोध गरेका छन। फेसबुकमा एक एस्टेटस लेख्दै पटेलले नोबेल कोरोना भाइरसको मध्य नजर गरि सरकारले लागू गरेको लकडाउनमा भोलि भगवान हनुमानजीको जन्मउत्सव आफ्नो घरमै हनुमान चालीसाको पाठ र पूजा गरी मनाउंन सम्पूर्ण नेपाली जनता लाई अनुरोध एवं आग्रह गरेका छन।
बर्तमान विश्व संसार सागरमा भगवान हनुमान जीवित रहेको हाम्रो सनातन धर्म र ग्रन्थले समेत प्रमाणीत गरेको पटेलले बताए। साथै कोरोना महामारीको बेला आ-आफ्नो क्षेत्रमा पीड़ित परिवार लाई सहयोग गर्न एवं रचनात्मक भूमिका निर्वाह गर्न परिषदका साथीहरु लाई पटेलले अनुरोध गरेका छन।