अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २६ गते।
कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीको प्रकोप बढेर नेपालमा पनि जोखिमको अवस्था उच्च हुँदा सरकारले गरेको लकडाउनका कारण लोक सेवाले पनि विज्ञापन लगायत लिखित मौखिक परीक्षा स्थगन गरेको जानकारी दिएको छ ।
आयोगले यसअघि चैत्र मसान्तसम्म हुने परीक्षा स्थगित भन्ने सूचना प्रकाशित गरेकोमा हालसम्म पनि परिस्थिति सामान्य भइनसकेकाले यस पूर्व स्थगन भएका कार्यक्रमहरु र ०७७ बैशाख १ देखि हुने लिखित परीक्षा तथा अन्तर्वार्तालगायत सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ ।
यस्तै वार्षिक कार्यतालिका अनुसार ०७६ चैत्र अन्तिम बुधबार प्रकाशन हुने विज्ञापनसमेत स्थगित गरिएको आयोगले जनाएको छ ।स्थिति सामान्य हुनासाथ स्थगन भएका सम्पूर्ण कार्यक्रमहरुको नयाँ कार्यतालिका सार्वजनिक गरिने आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।