सडकमा काम विनै सर्वसाधरणहरु हिडेर आफुमा कोरोनाको जोखिम बढाउदै

अनलाईन न्युजपाटी इटहरी,समाचारदाता ,चैत्र २६गते।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा “जीवन रक्षा पहिलो प्राथमिकता” भनि नेपालमा अहिलेसम्म पहिलो स्थानीय रूपमा सरेको सङ्क्रमणसहित मङ्गलवारसम्म जम्मा नौ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएको छ। देशैभरि गरेर १५०० बढी नमुना परीक्षण भइसकेको छ। सम्बोधनको सुरुमा ओलीले नेपालमा अझै सङ्क्रमण फैलिने जोखिम उच्च रहेकोले लकडाउन थप कडाई अर्थात् हिँडडुलमा लगाइएको प्रतिबन्धको अवधि लम्ब्याइएको बताए।

प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ । लकडाउनमा पनि सडकमा काम विनै सर्वसाधरणहरु हिड्दा प्रहरीलाई समस्या भएको प्रहरीहरुले गुनासो गरेका छन।
 इलाका प्रहरी कार्यालय इटहरीले लकडाउनलाई कडाई बनाउदै गएको बताएको छ । एकै दिन दर्जर्नौ मोटरसाईकल पक्राउ गरेको इलाका प्रहरी कार्यालयले बताए । हामीले जतिसक्दो सडकमा हिड्नेलाई कडाई गरेकै छौ तर सर्वसाधरणहरुले अटेर गर्दा समस्या भईरहेको छ उनले भने ।

अधिकांसले प्रहरीलाई ढाट्न विभिन्न बहाना देखाउने गरेको प्रहरीहरु बताउँछन । डियुटीमा भेटिएका इटहरीका एक प्रहरीले भने औषधी लिन हिडेको भन्दै औषधीको पत्ता लिएर हिड्छन् विभिन्न बहानामा सर्वसाधरणहरु आवतजावत गर्दा डियुटीका प्रहरीहरुलाई समेत कोरोनाको जोखिम बढेको उनी बताउँछन । प्रहरीले मात्र लकडाउन पालाना गराउन नसक्ने रहेछ जनता आफै सचेत हुनु पर्ने हो। जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि लकडाउनलाई कडाईको साथ पालाना गर्न सर्वसाधरणहरुलाई बारम्बार आग्रह गदै आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *