पूर्वमन्त्री राईको अग्रसरतामा भेरी अस्पताललाई दिए हेडवक्स

अनलाईन न्युजपाटी बाँके,समाचारदाता ,चैत्र २६ गते।

पूर्वमन्त्री मोहम्द इस्तियाक राईले भेरी अस्पताललाई हेड बक्स प्रदान गरेका छन् । आज एक कार्यक्रमका बीच भेरी अस्पताल इर्मेजेन्सी वार्डका इन्चार्ज डाक्टर पारश पाण्डेलाई ६ पिस हेडबक्स प्रदान गरिएको हो । कोरोना लागेका वा शकांस्पद विरामीको उपचारमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि उक्त हेडबक्सले काम गर्ने छ । पुर्बमन्त्री राईको ब्यक्तिगत पहलमा हेड्वक्स प्रदान गरिएको हो । यसअघी ४ वटा हेडवक्स प्रदान गर्नु भएको थियो । हेडबक्सले उपचारमा खटिने चिकित्सक, नजिकै रहेका विरामीको सुरक्षामा सघाउ पुर्याउने डाक्टर पाण्डेले बताए । डाक्टर पाण्डेको अनुसार यस्तो उपकरणले डाक्टर र बिरामीको वरपर रहेका अन्य बिरामी समेतको सुरक्षा गर्ने र यो पनि एक प्रकारको पिपिई नै रहेको जनाएका छन । नेपालमा पिपिईको अभाब रहेको बेला नेपालगञ्जमै बनाएको सिसाको हेडबक्स पूर्वमन्त्री राईको आफ्नो पहलमा नेपालगञ्जमै बनाएको र अझै यस्ता उपकरणहरु निर्माण गर्दै जाने र बाँकेमा रहेका अस्पतालहरुलाई प्रदान गर्ने योजना रहेको समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राईले बताए उहाँको अनुसार, चिकित्सकहरुको सुरक्षाका लागि उक्त उपकरण प्रदान गरिएको र आगामी दिन हरुमा पनि आवश्यक उपकरणहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । यसअघि पनि पूर्वमन्त्री राईको पहलमा बाँकेका ४७ वटा एम्वुलेन्स चालकहरुलाई पीपीइ सेट उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *