अनलाईन न्युजपाटी काठमाडौं,समाचारदाता ,चैत्र २७ गते।
आज विहानै देखि प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ ।
आज बिहान ८ बजेसम्ममा १ हजार १ सय पुरुष र २७८ जना महिला गरी १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । लकडाउन उल्लङ्घन गर्दै चलाइएका २ सय ४९ सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ प्रहरीले बताएको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।