भीड बढेर कोरोनाको जोखिम हुने खतराका कारण कालीमाटी बजार आजदेखि बन्द

अनलाईन न्युजपाटी काठमाडौं,समाचारदाता,चैत्र २७ गते।

देशकै ठूलो काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ ।

काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ । साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।

लकडाउनका बेला भीड बढेर कोरोनाको जोखिम हुने खतरा देखिएपछि महानगरपालिकाले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिनुभयो । उहाँले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *