मेघगर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता ,चैत्र ३० गते।

महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।

अपरान्हपछि पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *