कोरोना भाइरस को उपचारपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, बैशाख ०१ गते।

ब्रिटिश प्रधामन्त्री बोरिस जोनसन कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ। आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिए।

                                   कोरोनाभाइरस सङ्क्रमणका लक्षण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। बिहीवार वार्डमा सारिनु अघि उनले अस्पतालको आई सी यु कक्षमा तीन रात बिताए।  

                                प्रधानमन्त्री जोनसनका अनुसार अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको तर जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए, भन्दै उनले सबैलाई धन्यवाद दिए। राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो। शनिवार साँझ पाँच बजेसम्म कोरोनाभाइरसका कारण यूकेमा थप ७३७ जनाको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *