अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, बैशाख ११ गते।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लागेका थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्कनुभएको छ । नेपालमा पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ ।
काठमाडौंको सन सिटी अपार्टमेन्टमा बस्ने आमा (उमेर ८१) र छोरा (उमेर ५८)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा उपचाररथ हुनुहुन्थ्यो । उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो ।