अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख १३ गते
डिसेम्बरदेखि चीनको वुहानबाट संक्रमण फैलिन सुरु भएयता अमेरिका कोरोना प्रभावित मुलुकको पहिलो नम्बरमा रहेको छ। अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ। बिगत १० दिनमा मृतक संख्या दोब्बर भएपछि त्यहाँ मृतक संख्या ५१ हजार ६ सय ३६ पुगेको रियटर्सले जनाएको छ।
त्योसंगै संक्रमितको संख्या ९ लाख नाघेको छ। रोयटर्सले दिएको जानकारी अनुसार शुक्रबारसम्म अमेरिकाभर कुल संक्रमित संख्या ९ लाख ९ हजार ८ सय ३० पुगेको छ। विश्वको कुल संक्रमित संख्याको एक तिहाइबढी संक्रमित अमेरिकामा छन् भने एक चौथाई मृतक संख्या अमेरिकाबाट रहेका छन्।