विश्व व्यापी महामारी कोरोनाबाट शनिवार सम्म मर्नेको संख्या २ लाख

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख १४  गते। 

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शनिवार २ लाख पुगेको छ। जोन हपकिन्स युनिभर्सिटीका तथ्यांकहरूले देखाए अनुसार संसारभरि करिब २,००,००० भन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भई मरेका छन्। कोरोनाका कारण शनिवारसम्म अमेरिकामा ५२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने इटाली, स्पेन र फ्रान्स गरी प्रत्येक राष्ट्रमा त्यो संख्या २० हजारदेखि २६ हजार छ।

पछिल्लो तथ्यांक हेर्ने हो भने कोरोनाका कारण पहिलो मृत्यु जनवरी १० मा चीनको वुहानमा भएको थियो। त्यसपछि ९१ दिनमा त्यो संख्या १ लाख पुगेको थियो भने त्यसको १६ दिनमै २ लाख पुगेको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ। अमेरिकामा प्रमाणित संक्रमणमध्ये ८ प्रतिशत संक्रमितमा ज्यान लिने किसिमको छ भने स्पेन र इटालीमा १० प्रतिशतको मृत्यु भएको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *