अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख १४ गते
हाल देशमा पश्चिमी वायु ,स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी ,अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ।
पश्चिमी भू-भाग तथा मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक वदली रहनेछ । मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही वाकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग ,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।