महाकाली नदिमा हाम फालेकी एक महिलाको उद्दार: अवस्था गम्भीर

अनलाईन न्युजपाटी धनगढी,समाचारदाता, बैशाख १४  गते

आइतवार विहानै दार्चुलाको महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।

नदिमा बग्दै आएकी दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु बस्दै आएका ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फईस्थित महाकाली  नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो।

उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तर  अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर दार्चुला अवतरण गरेको छ। उनलाई थफ उपचारका लागि नेपालगञ्ज लैजान सेनाको हेलिकोप्टर दार्चुला अवतरण गरेको हो। आइतवार विहान ६:३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ । उनले किन नदिमा हाम फाले भन्ने बुझिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *