अनलाईन न्युजपाटी कृष्णा यादव,वीरगञ्ज,समाचारदाता,बैशाख १४ गते
वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएसंगै पर्सामा कोरोना संक्रमितको सख्या ५ पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का एक/एक जना गरी दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिए पछि पर्सामा कोरोना संक्रमितको सख्या पाँच पुगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो ।संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।