लकडाउनमा पर्सा ट्राफिक प्रहरीले ३,६३,५०० जरिवाना असुले गरे :-निरीक्षक पंडीत

अनलाईन न्युजपाटी कृष्णा यादव ,वीरगंज समाचारदाता, बैशाख १४  गते

लकडाउनको आज ३४ औ दिन  पनि वीरगंज सुनसान र थप भएको छ । विश्वब्यापी रुपलै फैलिरहेको (  कोभिड -१९ ) नोबेल कोरोना भाईरसको मध्य नजर गरि नेपाल सरकारको मन्त्री परिषदको बैठक बसि लकडाउन  गरेपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपले लकडाउनको सफल बनाउनको लागि केही ब्यक्तिहरुले उल्लघन गर्न थालेपछी नियन्त्रणमा लिएका छन्।

वीरगंजमा  पहिलो लकडाउनको पालना भएपनि अहिले केही ब्यक्तिहरुले लकडाउनको उल्लेघन गरने थाले पछि  ट्राफिक प्रहरीले ठुलो सवारीसाधन १३ वटा र  मोटरसाइकल ७०७ वटा  नियन्त्रणमा लिई  कार्यबाही गरि छोडेन गरेको छ।

लकडाउन  सरकारले थप गरेपछी सवारीसाधनलाई नियन्त्रणमा लिएको मोटरसाइकल र कार , जिप , ट्रक लगाएतका सवारीसाधनहरु घामपानीले, हावाहुरीले  गाडी खराब र कुहिनेको कारणले हामीले कार्यबाही गरी  ५०० र १,००० को दरले छोडेको ट्राफिक प्रहरी पर्साका प्रमुख पंडीतले अनलाईन न्युजपाटीलाई बताउनु भएको छ।

ट्राफिक प्रहरीले चैत ११ गते देखि  बैशाख १२ गते सम्म ७०७ वटा मोटरसाइकललाई ३,२३,५००० र ठुलो सवारी ट्रक ट्याक्टर , ३,००० र  कार, जिप  १३ वटालाई ७,५०० गरि कुल राज्शव ३,६३,५०० जरिवाना असुली गरेको टार्फिक प्रहरी पर्साका  प्रमुख प्रहरी निरीक्षक कमल राज पंडीतले अनलाईन न्युजपाटीलाई बताउनु भएको छ।

ट्राफिक प्रहरी पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पंडितले सरकारले लागु गरेको लकडाउनलाइ पर्सा बासिले घरभित्र  रही लकडाउनको पालना गर्नुको लागि आवशयक रुपले सवारीसाधन नचलाउन आग्रह गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *