अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, बैशाख १४ गते
मन्त्रिपरिषद्को आइतवारको बैठकले देशमा जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै डा. युवराज खतिवडाले जानकारी गराउनुभएको छ, “आजसम्मको लकडाउन प्रभावकारी रहेको भन्ने समीक्षा भएको छ। अब थप १० का लागि लकडाउन जारी राख्ने भन्ने निर्णय भएको छ।”
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले लकडाउन थपेको यो समेत चौथो पटक हो। सरकारले चैत ११ गते यता मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ।