अनलाईन न्युजपाटी कृष्णा यादव,बीरगन्ज,समाचारदाता, बैशाख १५ गते
भगवत्पाद शिवावतार आद्य शंकराचार्य महाभागको २५२७ औ प्राकट्य महोत्सव वैशाख शुक्ल पंचमी २८ अप्रैल मितिनुसार २०७७/०१/१६ गते मंगलवार को दिन विश्व भरी नै अति उल्लासपूर्वक मनाइने छ । प्रत्येक बर्ष धुमधाम का साथ मनाईने शंकराचार्य जयंती महोत्सव यो बर्ष सामान्य तरिकाले मनाइने छ। यो महान पर्वको उपलक्ष्यमा पुजा पाठ , आराधना ,रूद्राभिषेक , जप, भजन , सहस्त्रार्चन आदि सनातन वैदिक परम्परानुसार प्राप्त शास्त्रीय विधिद्धारा सम्पन्न हुनेछ ।
विश्वव्यापी महामारी कोरोनावायरस संक्रमण फैलिन न दिन आ-आफ्नो घर-घर मा नै बैशाख १६ गते अर्थात् २८ अप्रैल मंगलवारको दिन पूज्यपाद गुरूदेव भगवान श्री पुरी शंकराचार्य जी द्धारा प्रसारित गरिएको संदेशहरुको श्रवण गर्न श्री शंकराचार्य पिठ परिषद नेपाल आग्रह गरिएको छ। आज एक प्रेसविज्ञप्ति मार्फ़त पुरी पीठ परिषद नेपालका केन्द्रिय सर्वेक्षक ज्योतिष सम्राट पण्डित पुरुषोतम दुबेले जानकारी गराएका छन ।