अनलाईन न्युजपाटी धनगढी,समाचारदाता, बैशाख १५ गते
आइतवार विहानै दार्चुलाको महाकाली नदीमा बगेर घाईते भएकी व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको मृत्यु भएको छ । महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
अस्पताल स्रोतका अनुसार ऐतवालको उपचारको क्रममा गएराती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए।
नदिमा बग्दै आएकी दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु बस्दै आएका ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फईस्थित महाकाली नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। उनको दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको थियो।