सम्वादपछि दलको सक्रियता राहत एकद्धार प्रणालीबाट वितरण गर्न जोड

अनलाईन न्युजपाटी नेपालगञ्ज,समाचारदाता बैशाख १७ गते

बाँकेस्थित राजनीतिक दलले राहत वितरण एकद्वार प्रणालीबाट राहत वितरण गरिनुपर्ने भन्दै प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई जोड दिएका छन् । सम्वाद समूह बाँकेको पहलमा सोमबार गरिएको मुख्य राजनीतिक दलबीचको भिडीयो सम्वादमा व्यक्त प्रतिवद्धता अब कार्यान्वयनमा ल्याइदैछ ।

कोरोना (कोभिड –१९) को जोखीम न्यूनीकरण, प्रभावकारी राहत वितरण, जनप्रतिनीधीसँगको समन्वय र सहकार्यमा केन्द्रीत रहेर गरिएको अनलाईन भिडीयो कलमा उनीहरुले राहत वितरण प्रक्रियालाई जोखीमरहित र प्रभावकारी बनाउन साझा पहलकदमी लिइने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रमुख राजनीतिक दलको बुधबार बसेको बैठकले राहत वितरण गर्दा स्थानीयस्तरमा पनि सर्वदलीय संयन्त्रमार्फत विपन्नको पहिचान गरि वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ ।  प्रदेश सांसद समेत रहनुभएका नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइराला, नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राई, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष जगदिश ढकालको उपस्थिती रहेको बैठकमा कोरोना सङ्क्रमण भित्रिन नदिनका लागि आवश्यक भिटिएम, पिसिआर किट लगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन पनि सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरिएको छ ।

बैठकले लकडाउनको आधारभुत मापदण्ड पुरा गर्दै विकास निर्माण कार्य पनि सञ्चालन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *