अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख १८ गते
स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित बिरगंज महानगरपालिका वडा नं १६ ईनर्वा का २९ बर्षिय लाल कुमार यादवलाई प्रहरी उपरीक्षक पन्तको सक्रीयतामा बुधवार पक्राउ गरेको हो।
यादवलाई प्रहरीले बुधवार साढे ३ बजे बीरगंज महानगरपालिकाको वडा नं.१६ रजत जयन्ती चोकबाट पक्राउ गरेको छ। यादवले ना.६२ प ९५७१ नं.को २२० सि.सि.पल्सर मोटरसाइकलमा रक्सौलबाट बीरगंज आउदै गरेको बेला उनी समातिएको पर्सा प्रहरीले समाचार मार्फत जानकारी पठाएको छ।
पर्साका एस पि गङ्गा पन्त र क्राईम ब्रान्चको विशेष सुचनाको अधारमा हुन्डी रकम् सहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ईनर्वा प्रहरी चौकि प्रमुखका सई बैधनाथ दास सिघम पहिला देखिनै बिवादित सई हुन्।उनले जुन सिमानाकामा गएपछि त्यहा तस्करी ठुलो मात्रामा हुने गरेको प्रहरी स्रोतले जनाएका छन्।
आफुलाई सिंघम भन्ने सई बैधनाथ दासको लापरबाहीको कारणले लकडाउनमा सिमानाका सिल भएपनि भारतबाट नेपाल आउने र नेपाल बाट भारत जाने गरेकोले उ कार्यामा ठुलो पैसाको चलखेल रहेको स्रोतले बताउछन्। पर्सा प्रहरी लकडाउन मा दिनरात खटेर पर्सा मा शान्ती सुरक्षा कायम गर्ने र तस्करी पनि न्यून गर्न आफुहरु लागि परेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भयो।