अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख १९ गते
देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग , असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग , असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जानकारी गराएको छ। देशका पहाडी भू-भागमा सामान्य बदली र अन्य भु-भागमा आंशिक बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग , असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी भु-भागमा मध्यरात पछि सामन्यतया मौसम सफा रहने देखिन्छ ।