अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २६ गते
भारतको महाराष्ट्र राज्यमा एउटा मालवाहक रेलले ट्रयाकमा निदाएका १६ मजदुरको मृत्यु माथि मानिसहरू गुडेको घटना भएको ।
ज्यान गुमाउने मानिसहरू अलपत्र परेका कामदार हुन् जो रेलको ट्रयाकमा निदाएका थिए। घर जानका लागि रेल पाइने आशामा उनीहरू रेल स्टेशन जान खोज्दै थिए। भारतले ती कामदारलाई घरसम्म पुर्याउन विशेष रेलको व्यवस्था गरेको छ। लकडाउन लगाइएपछि दशौँ हजार मानिसहरू पैदलै आफ्ना घर गएका थिए।
रेलवेका अधिकारीहरूका अनुसार कामदारहरू पैदल बाटो हुँदै र त्यसपछि रेलको ट्रयाक हुँदै औरङ्गावादतर्फ जाँदै थिए। ३६ किलोमिटर पैदलै हिँडेपछि थाकेका उनीहरूले आराम गर्ने निधो गरेका थिए। स्थानीय विवरणहरूका अनुसार कामदारहरूले लकडाउनका कारण रेल नगुड्ने ठानेर ट्रयाकमै निदाएका थिए।
मार्च २४ को मध्यरातदेखि उद्योगहरू बन्द भएपछि थुप्रै मजदुरहरू भोकै पर्ने आशङ्कामा हिँडेरै आफ्नो गाउँ जान थालेका थिए। लकडाउन मध्यरातदेखि बस र रेल एकाएक बन्द भएपछि धेरैका लागि घर पुग्ने एउटै विकल्प हिँडेर जानु नै थियो। यो महिनाको सुरुमा प्रतिबन्धहरू खुकुलो पारिएपछि सरकारले प्रवासी कामदारहरूलाई घर फर्किनका लागि विशेष रेल र बसको व्यवस्था गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औङ्गुराबादमा भएको घातक दुर्घटनामा मानिसहरूले ज्यान गुमाएको घटनाले आफूलाई अत्यन्तै दुखी बनाएको बताएका छन्।