भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघ्यो, २ हजार भन्दा बढीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २९ गते

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २१२ पुगेको छ । एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ ।

४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोरोना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ७८६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३८ हजार ६ सय बढी संक्रमित छन् । त्यसैगरी इरानमा ६ हजार ६४० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ७ हजार नाघेको छ ।त्यसैगरी चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ, संक्रमितको संख्या ८२ हजार ९१८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *