छातीका समस्या कारण भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २९ गते

भारतका पूर्व प्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।  नेता सिंहलाई आइतबार साँझ एक्कासि छाति दुखेपछि दिल्लीस्ति एम्स अस्पताल भर्ना गरिएको हो । भारतीय  समाचार एजेन्सीका अनुसार नेता सिंहलाई एक्कासि छाति दुखेपछि अस्पताल भर्ना गरिएको हो । काँग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले यो कुराको पुष्टि गरेका छन् । शेरगिलले ट्वीटरमार्फत नेता सिंहको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । नेता सिंह सन् २००४ देखि २०१४सम्म भारतका प्रधानमन्त्री थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *