भारतमा दुई हप्ता (३१ मे सम्म) लकडाउन बढाउने तयारीमा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ४ गते

विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले लकडाउनको अवधिलाई थप दुई हप्ता (३१ मे सम्म) थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन्।

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन। बैठकमा लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनु भएको छ’, ट्वीटरमा उनले लेखेका छन्। तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले लकडाउनबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आँफैले सार्वजनिक गर्नुहुनेछ।’

कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्।पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन ( ३१ मे सम्म) बढाउन सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *