अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता जेठ ८ गते
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ४ बाट लागुऔषध तथा हतियार सहित १ जना पक्राउ परेको छ। बिशेष सुचना को अधारमा डि आई जि ईश्वर बाबू कार्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ का कृष्ण यादवलाई लागुऔषध र हतियार सहित पक्राउ परेको छ।
भारतिय नम्बर प्लेटको BR 50 P 1241 नम्बरको भारतिय गाडीमा रहेका यादवलाई पक्राउ परेको हो। साथै यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, पेस्तोलको गोली ३ थान, Spasmoproxyvon plus ५७६ पिस टयाब्लेट, डैलेक्स डि सि 100ML को २५ बोतल, Nitrosum १६० ट्यावलेट र निटरावेट ७५ ट्यावलेट बरामद गरेको जिल्ला प्रहरी सुन्सरीले जनाएको छ।