बिहीबार थप बाँके र कपिलवस्तुबाट ३ जना कोरोना संक्रमित थपिए

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ८  गते

बिहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *